अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन– डा भट्टराई

माघ २१, काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भेनेजुएला प्रकरणले नेपाल र अमेरिकाबीच कुनै दरार नआउने बताएका छन् । 

सल्लाहकार भट्टराईले भेनेजुएला सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुष्टि गर्दै नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने बताएका हुन् । 

सोमबार पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने, ‘संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग छ । यसले अमेरिका र नेपालको सम्बन्धमा चिसोपन ल्याउँदैन ।’ 

null

भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाउँदै उनले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताए । 

नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने उनले स्पष्ट पारे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =