सिन्धुलीको सेल्फी डाँडामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

फागुन ४, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा एकै गाउँका ४ जनाको मृत्यु भएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट गोलान्जोरतर्फ जाँदै गरेको बा ११ च २२७१ नम्बरको जिप कमलामाई नगरपालिका २ सेल्फीडाँडामा सडकबाट ५० मिटर तल खस्दा गोलान्जोर गाउँपालिका ५ का चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवराज थापा, लक्ष्मी देवकोटा, युवराज लुंगेली मगर र रेशम कार्की रहेका छन् । उनीहरु सबै एकै गाउँका रहेका सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले काठमाडौं रिफर गरिएको डीएसपी शर्माले बताए । सामान्य घाइते ५ जनाको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =