एनआईसी एशियाको ५ नयाँ शाखाका साथै थप १ शाखारहित बैंकिङ्ग सेवा उद्घाटन

बैशाख १५, काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४ र रौतहट जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुका साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आजऔपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवालले, नार्गजुननगरपालिका वडा नं.३ ठुलो भ¥याङ्ग स्थित ठुलो भ¥याङ्ग शाखाका र्यालयको बैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलले उद्घाटन गरेका थिए ।
null
यस्तै नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीे, काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिलस्थित चाबहिल शाखाको सोहि वडाका वडाध्यक्ष शुद्ध कुमार डंगोल, रौतहट जिल्लाको गुजरानगरपालिका वडा नं. ९, रौतहटस्थित सिम्रा भवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनले उद्घाटन गरेका थिए ।
त्यसैगरी रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कंचन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरेको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जु राज खनियाले जानकारी दिए ।








