देशभर बदली, कुन क्षेत्रमा कस्तो छ वर्षाको सम्भावना ?
२०७६ असार १० गते

काठमाडौँ, १० असार । देशभरको मौसम मंगलबार दिनभर जसो आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पूर्वका अधिकांंश क्षेत्रमा भने सामान्य बदलीको सम्भावना छ ।
पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै मध्य र पश्चिमका थोरै भूभागमा पानी पर्ने सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान मौसम केही खुलेको जस्तो छ । दिनभर नै बदली हुने र खुल्ने क्रम जारी रहने मौसमविदले बताएका छन् ।
null
पाँच दिनअघि भित्रिएको मनसुन देशका सबै क्षेत्रमा फैलिएको छ । तर, लगातारको झरी पर्ने गरी मनसुनी गतिविधि सक्रिय भने भएको छैन ।
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








