‘ए मेरो हजुर ४’ को छायाँकन सुरु, अनमोल र सुहाना नै जोडी

फागुन १६, काठमाडौँ । शुक्रबार चलचित्र  ‘ए मेरो हजुर ४’को  शुभ मुहूर्त  गर्दै छायाँकन सुरु गरिएको छ ।  काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्र ‘ए मेरो हजुर ४’ को  शुभ मुहूर्त गरिएको हो ।   

चलचित्रको  शुभ मुहूर्तमा नायक अनमोल  केसी, नायिका सुहाना थापा , कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको  उपस्थिती रहेको थियो ।   

‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सुहानाकै जोडी हुनेछ । यसअघि प्रदर्शनमा आएको चलचित्र  ‘ए मेरो हजुर ३ मा पनि अनमोल र सुहानानै जोडी भएर खेलेका थिए । उनीहरुको जोडीलाई  दर्शकले औधी रुचाएका समेत थिए ।   

५० दिनको छायाँकन सेड्युल बनाएको यस चलचित्रको काठमाडौं, पोखरा, हिमाली भेग र केहि दृश्य विदेशमा समेत छायांकन गरिने यस चलचित्रका निर्देशक झरना थापाले जानकारी दिइन् ।   

१० दिन पोखरामा छायाँकन गरिने भनिएको यस  चलचित्रको केही दृश्य काठमाडौँमा खिचेर आजै पोखरा जाने निर्देशक थापा बताउँछिन् । चलचित्रको छायाँकन काठमाडौँ र ललितपुरमा करिब ३० दिन सम्म गरिने बताईएको छ । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, लक्ष्मी गिरी, रेअर राई, सुरक्षा गौतम, सरोज खनाल लगायतको भूमिका रहेको छ ।   

प्रेम कथामा बन्न  लागेको यस चलचित्रलाई  सुनिल थापाले निर्माण गर्न लागेका हुन् भने चलचित्रमा  अशिष अविरल, कल्याण सिंह, प्रतिक पौडेल र बसन्त सापकोटाको संगीत रहने  बताईएको छ ।  चलचित्रको प्रदर्शन मिति भने आगामी  वर्षको दशैंको फुलपाती तय भएको घोषणा गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =