लोकसेवा आयोगमा ७ सय ६८ शाखा अधिकृत पदका लागि आवेदन खुल्ला

मंसिर २५, काठमाडौँ । लोकसेवा आयोगले बुधबार विज्ञापन निकाल्दै  ७ सय ६८ जना शाखा अधिकृतको माग गरेको छ ।  आयोगले  निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा कर्मचारीको माग गरेको हो ।   

जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १ सय ३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ ।   

यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २ सय ८३ जना अधिकृत माग गरिएको छ ।   

यस्तै महिला ७७, आदिबासी जनजाती  ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ ।   

आवेदनको अन्तिम मिति पुस १५ गतेसम्म रहेको आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =