एटीएम ह्याकिङ प्रकरण: भारतबाट मात्रै एक करोड ७० लाख नेपाली रकम चोरी

भदौ १९, काठमाडौं । गत १४ गतेको एटीएम ह्याकिङ प्रकरणमा नेपालका विभिन्न सातवटा बैंकबाट मात्रै नभइ भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   

नेप्समा आबद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरेर एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ निकालिएको अनुसन्धानबाट खुलेको हो ।   

एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र संयोजकत्वको अध्ययन समितिले बुझाएको प्रतिवेदनमा १३२ एटीएमबाट नेपाली रुपैयाँ एक करोड ६९ लाख ३९ हजार पाँच सय २० रुपैयाँ निकालेको उल्लेख छ ।   

नेपालका विभिन्न सातवटा बैंकबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबर रकम चोरी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमा १७ वटा बैंकका ६८ वटा एटीएम प्रयोग गरेको देखिन्छ । 

प्रहरीले गत शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो । 

जय नेपालको होटल माया मनोहर बुटिकबाट पक्राउ परेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङले सुटकेश र झोलामा बोकेको अवस्थामा ती रकम बरामद भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =