भारतीय दुतावासद्वारा निर्वाचनमा चलखेल

साउन २५, मकालु खबर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेले विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले स्थानीय तहको निर्वाचनमा चलखेल गरेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले स्थानीय तहको निर्वाचनमा खुलमखुला चलखेल गरेको आरोप लगाउनुभएको हो ।

स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर दुईमा उम्मेदवारी दिन लागेकाहरुलाई दुतावासमा बोलाई हप्कि दप्कि गर्ने गरेको भन्दै त्यसबारे सरकार जानकार छ, छैन भनि उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले विरगञ्जस्थित भारतिय वाणिज्य दुतावासको क्रियाकलाप बारे सरकारले सम्मानित सदनमा अबिलम्ब जानकारी गराउन माग गर्नुभयो ।

भियना अभिसन्धि अनुसार काम नगरे सम्बन्धित मुलुकले वाणिज्य दुतावासका अधिकारीलाई तत्काल निष्काशन गर्न पाउने अधिकार रहेको भन्दै उहाँले भारतीय वाणिज्य दुतले राजनितिक दलका नेतामाथि बारम्बार हप्किदप्कि गर्दा पनि सरकार चुप लाग्नुको अर्थ के हो ? भनी प्रश्न गर्नुभयो । उहाँले भियना अभिसन्धि अनुसार राज्यहरुबीचको सम्बन्ध र स्वतन्त्रतालाई सरकारले रक्षा गर्नुपर्ने भन्दै यो हस्तक्षेपलाई संवेदनशील भएर सोच्न आग्रह गर्नुभयो ।

त्यसैगरी, सांसद मिना पुनले सुनौलि नाकामा भारतले मालबाहक ट्रकलाई आवातजावत गर्न रोक लगाएको भन्दै सदनलाई यथार्थ जानकारी गराउन सरकारसंग माग गर्नुभयो । त्यसैगरी, सांसद लक्षमण राजवंशीले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भनिएको भारत भ्रमणको समय अनुकुल नभएको धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =