दशैँ लक्षित बजार अनुगमन यसरी गर्दै छ गण्डकी सरकार
२०७६ भदौ ३० गते

भदौ ३०, पोखरा । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैँ तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिए ।
बजार अनुगमनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिँदै उनले मन्त्रिपरिषद् बैठकबाट बजार अनुगमन नियमावली– २०७६’ स्वीकृत गरिएको बताए ।
null
२०७६ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








