दुबईको ७९ तले टर्च टावरमा आगलागी

काठमाडौं, २० साउन । दुबईको एक गगनचुंबी भवन टर्च टावरमा भीषण आगलागी भएको छ । पछिल्लो दुई वर्षमा आगलागीको यो दोस्रो घटना हो ।

यसअघि सन् २०१५ मा पनि यस भवनमा आगलागी हुँदा ठूलो क्षति भएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो फुटेजमा देखिए अनुसार भवनको माथिल्लो तलामा आगो पुगेको छ र भवका हिस्सा तल खसिरहेको छ ।

अधिकारीहरुका अनुसार नागरिक सुरक्षाका कार्यकताले समयमै उक्त भवन खाली गराएका थिए र आगो नियन्त्रण कायम गरेका थिए ।

विश्वको अग्लो भवनमा पर्ने टर्च टावमा आगो लागेका कारण भने पत्ता लाग्न सकेको छैन ।

सरकारको समाचार संस्थाले ट्वीट गरेर भनेको छ घटनामा कसैको पनि घाइते भएको खबर आएको छैन ।

सरकारले आगोले तातेको भवनलाई चिसो बनाउने काम गरिरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *