‘लहराँउदो केश र बासना आउने शरीर निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन’

पुस ३, काठमाडौं । पछिल्लो समय नेपाल–भारत सीमा विवाद चलिरहँदा हास्य कलाकार हरिवंश आचार्यले भारतको हेपाहा प्रवृत्ति विरुद्ध नेपाली नागरिक एक जुट भएर लाग्नुपर्ने बताएका छन् ।   

‘नेपालको लागि सय दिन’ अभियानबारे उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा सीमा तथा विदेशीको हेपाहा प्रवृत्ति सम्बन्धी स्टाटस पोष्ट गरेका छन् । जसमा लेखिएको छ, ‘हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ। सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ। विदेशको हेपाहा प्रवृति विरुद्ध हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ।’ 

उनले इलेक्ट्रिक सामानहरुको प्रयोगमा जोड दिन आग्रह गरेका छन् । विद्युतमा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारतमाथि निर्भर हुनुपर्ने उनको भनाइ छ ।   

Image result for हरिवंश आचार्य

विदेशी चलचित्रहरुमा पैसा र समय खर्च गरी नहेर्न, विदेशी उत्पादनहरुको खपत घटाइ स्वदेशी उत्पादन प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले लेखेका ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मञ्जन लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर ( निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन ।’ 

त्यस्तै उनले आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गर्न सबैलाई सुझाएका छन् । ‘लाखौँ घर परिवार यो अभियानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ। तरकारि खेतीले तपाँईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ’, उनले लेखेका छन् ।   

उनको स्टाटस जस्ताको तस्तैः   

याद गरौँ – हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ। सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ। बिदेशको हेपाहा प्रवृति बिरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ। 

1. आजै देखि induction चुल्हो, electric केट्लि र electric geyser को प्रयोग बिस्तारै बढाऔँ। बिद्युतमा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारत माथि निर्भर हुन छाडौँ। बिद्युतीय उपकरणको प्रयोग फाईदाजनक पनि छ।2. बिदेसी चलचित्रहरु पैसा र समय खर्च गरि गरि नहेरौँ। त्यसले तपाँईको वा तपाँईको सन्तानको ब्यक्तित्व बिकास हुने पनि होईन। सोहि रकम जोहो गरि आफ्नो शहर बजार वरिपरिका रमणीय स्थलमा वनभोज जाऔँ। आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ। वा खेलकुद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरि नेपाली खेलाडिहरुको हौसला बढाऔँ। ‘सलमान खान’ हरु सँग होईन आफ्नाे परिवार र प्रियजनहरुसँग समय बिताऔँ। खुशी साटौँ।3. बिदेसी उत्पादनहरुको खपत घटाऔँ। ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मंजन् लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर – निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन।4. आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गरौँ। लाखौँ घर परिवार यो अभियानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ। तरकारि खेतीले तपाँईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ। 

हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्र्यौँ भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्नेछौँ। बिदेसिलाई सोच्न बाध्य बनाउन सक्नेछौँ। हामीले दूख गरि कमाएको पैसा वा हाम्रा आफन्तजनले बिदेशमा रगत पसिना बगाई नेपाल पठाएको पैसा पुनः बिदेशमै जान रोक्न सक्नेछौँ। बिदेशीएका लाखौँ आफन्तजन र आफ्ना दूखहरु सम्झिऔँ। कफिनमा फर्किएका लाशहरु प्रति वफादार होऔँ। 

आजै देखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ। सोच बदलौँ। देश बदलौँ। गरिब होईन धनी बनौँ। कमजोर होईन शक्तिशाली बनौँ। किनकि याद गरौँ – हामी गरिब छौँ लाचार हौईनौ। कमजोर छौँ तर कायर होइनौ। 

नेपालको लागि सय दिन 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =