प्रदेश २ मा भारतबाट फर्किएका थप ७४ जनामा कोरोना पुष्टि

काठमाडौं । प्रदेश २ मा थप ७४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण केस पुष्टि भएको छ ।

आज (बिहीबार) बिहान प्रदेश २ का विभिन्न जिल्लाहरुमा ७४ नयाँ केस पुष्टि भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश दुईका विभिन्न जिल्ला भारतीय सीमा नाकासँग जोडिएको तथा संक्रमण फैलिएको भारतीय क्षेत्रबाट नेपाल आउने क्रम बढीरहेको अवस्थामा संक्रमित संख्या बढ्नु नौलो कुरा नभएको प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए । थपिएका संक्रमित विभिन्न क्वारेन्टाइनमा रहेको उनको भनाइ छ ।

योसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *