एसईई बारेमा विशेष निर्णय लिइने : प्रधानमन्त्री
२०७७ जेठ १२ गते

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईका सम्बन्धमा विशेष निर्णय लिइने बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शिक्षा मन्त्रालयले तत्कालै यसबारे कदम चाल्ने बताए। एसईई दिने विद्यार्थीलाई सिंगो शैक्षिक सत्र खेर जान नदिने उनको भनाइ रहेको छ।
उनले एसईई सुरु गर्नुभन्दा २ दिनअघि स्थगित गरेको सवालमा उचित कदम चालिने पनि बताए। उनले भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी गरेको पनि बताए। लकडाउनपछि ठप्प रहेको शैक्षिक गतिविधिलाई पुन सुचारु गर्न लागि सरकारले भर्चुअल माध्यम अपनाउने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
लकडाउनका कारण लाखौँ विद्यार्थी अन्योलतामा रहेको सवालमा सवालमा शिक्षा मन्त्रालयले भर्चुअल माध्यमबाट शैक्षिक सत्र सुरुग गर्ने तयारी गरिरहेको उनले बताए।
२०७७ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








