नेपालमा थपिए १४ जना कोरोना संक्रमित
२०७७ जेठ ७ गते

प्रतिकात्मक तस्वीर।
काठमाडौं। प्रदेश ५ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि हो।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले मकालु खबरलाइ जानकारी गराए अनुसार संक्रमितहरु कपिलवस्तु र रुपन्देहीका हुन्।
कपिलवस्तुको महाराजगञ्जका ९ जना र विजयनगरका ३ जना गरी १२ जनामा संक्रमण देखिएको छ। उनीहरु सबै भारतको मुम्बइबाट फर्किएका व्यक्ति हुन्।
उनीहरु क्वारेन्टाइनमा बसिरहेका थिए। बाँकी दुई जना रुपन्देहीमा फेला परेका हुन। उनीहरु मध्ये एक जना भारतबाट फर्किएका र एक जना एकजना काठमाडौंमा बसोबास गर्ने व्यक्ति रहेको उनले जानकारी दिए ।
२०७७ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








