यी हुन् डीएसपी हुने ६० प्रहरी निरीक्षक (नामावली सहित)

काठमाडौं । नेपाल प्रहरीका ६० प्रहरी निरीक्षण प्रहरी (इन्सपेक्टर) नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको हो ।

जनपद प्रहरी समूह तर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दरबन्दी भएका प्रहरी निरीक्षक पृथ्वीनारायण ओली बढुवाको शिर्ष स्थानमा छन् । उनले १०० पुर्णाङकमा ९२.९१६७ नम्बर ल्याएका छन् ।

उनीपछि इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । उनीहरुद्वयले ९२.७००० र ९२.६७७७ नम्बर प्राप्त गरेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिले जनाएको छ ।
हेर्नुहोस को को बढुवा भए ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *