बाल्टिनको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु
२०७७ वैशाख ३१ गते

प्रतिकात्मक तस्विर
चितवन । मकवानपुरकाे मनहरि गाउँपालिका- ७ मा बाल्टिनमा रहेको पानीमा डुबेर १८ महिने शिशुकाे ज्यान गएको छ ।
लामा टोल निवासी १८ महिने बालिका इशा ब्लोनको ज्यान गएको हो। उनको शौचालयमा राखिएको बाल्टिनकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पानीमा डुबेर बेहोस अवस्थामा बालिकालाई उपचारका लागि भरतपुर पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
२०७७ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








