नेकपा स्थायी समिति बैठक भोलि ११ बजे
२०७७ वैशाख २४ गते

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जानकारी प्राप्त भएको स्थायी समिति सदस्य रघुजी पन्तले बताए।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार विहान भएको छलफलपछि बैठक तय भएको हो। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो। स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ।
स्थायी कमिटी बैठकको माग गर्दै २० जना नेताले हस्ताक्षर बुझाएपछि यसबीचमा दुईपटक सचिवालय बैठक बसेको थियो। नेकपा स्थायी समिति बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो।
२०७७ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








