सिटिजन्स बैंककी सहायक सीईओ उमंग शर्माद्वारा राजीनामा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलको सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सीईओ) पदबाट उमंग शर्माले राजीनामा दिइएकी छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समिति सदस्य (डाइरेक्टर) समेत रहेकी शर्माले स्थापनाकालदेखि नै सिटिजन्स बैंकका विभिन्न विभाग र पदमा रहेर काम गरेकी थिइन् ।

सिटिजन्समा जोडिनुअघि उनले नविल बैंकमा ५ वर्ष काम गरेकी थिइन् । १९ वर्ष लामो बैंकिङ करिअरको अनुभव बटुलेकी शर्माले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेकी छन् ।

प्रतिक्रिया