अक्सिजनसहितको स्वास्थ्य सामग्री खरिदमा ड्राफ्ट भुक्तानीको सीमा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री खरिदका लागि ड्राफ्ट तथा टिटीको सीमा बढाएको छ ।

बिनाप्रतित पत्र ड्राफ्ट तथा टिटीको माध्यमबाट हुने वस्तु आयातका लागि एक पटकमा बढीमा ३५ हजार अमेरिकी डलरबराबरको सटही सुविधा दिने गरिएको थियो । तर, अब अक्सिजनलागयत औषधिजन्य सामग्री ड्राफ्ट तथा टिटीको माध्यमबाट खरिद गर्दा एक पटकमा बढीमा १ लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिन मिल्ने भएको छ ।

त्यस्तै, एक लाख रुपैयाँभन्दा माथिको सटही सुविधा लिनुपरे मात्र स्वास्थ्य सेवा विभागको सिफारिससहितको स्वीकृतिका लागि राष्ट्र बैंकमा आवदेन दिनुपर्ने व्यवस्था गरेको छ ।

अक्सिजनसँग सम्बन्धित स्वास्थ्य सामग्री र जीवन रक्षक औषधि ड्राफ्ट तथा टिटीको माध्यमबाट खरिद गर्दा यसअघि चाहिने गरेको बिजनेश क्रेडिबिलिटी इन्फर्मेशन (बीसीआई) र स्वास्थ्य सवो विभागको सिफारिस समेत असार मसान्तसम्मका लागि नचाहिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो व्यवस्थाले प्रतिकुल अवस्थामा जीवन रक्षक स्वास्थ्य सामग्री र औषधिको आपूर्तिमा सहजता आउने राष्ट्र बैंकले विश्वास गरेको छ ।

प्रतिक्रिया