१० अकंले बढ्यो नेप्से, ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार १०.१३ अंकले बढेको छ । बुधबार सेयर बजार ०.५६ अकंले बढेको थियो ।

बिहीबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर ४७९.५० बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक १.१२ अकंले बढेर २६८४.१७ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन,  होटेल्स तथा पर्यटन,  व्यापारका सूचक घटेका छन् ।

अन्य, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, विकास बैंकको बैंकिङका, जलविद्युत् ,म्युचुअल फण्ड, वित्त समूह, समूहको सबै परिसूचक बढेका छन् ।

यस दिन २ सय १८ कम्पनीका २ करोड १९ लाख ५५  हजार कित्ता सेयर ७ अर्ब १२  करोड ६८  लाख ८५  हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा दिब्यश्वरी हाइड्रोपावर लिमिटेड कम्पनी रहेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था र दिब्यश्वरी हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया