धनुषामा जेठ १० गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं । धनुषामा जारी निषेधाज्ञा १० दिन लागि थप गरिएको छ । कोभिड-१९ संक्रमण तीव्र हुँदै गएकोले निषेधाज्ञाको अवधि थपिएको हो ।

यसअघि यहि वैशाख २१ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लामा अक्सिजनको अभाव कम गर्न सर्लाही जिल्लालाई अनुरोध गर्ने निर्णय भएको छ । यसैगरी सिना नाकालाई थप व्यवस्थित गर्नेबारे पनि प्रशासनले निर्णय गरेको छ ।

प्रतिक्रिया