कोरोना रोकथामका लागि सिद्धार्थ बैंकले दियो १ करोड ४ लाख

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको सहजताकालागि घरैमा बसी प्रबिधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ सेवा उपलब्ध गर्दै आईरहेको छ ।

प्रतिक्रिया