कोरोनाका कारण कलाकार सन्दीप भुसालको निधन
२०७८ वैशाख २९ गते

काठमाडौँ । कलाकार तथा निर्देशक सन्दीप भुसालको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उपचार गराइरहेका उनको निधनको खबर जितु नेपाल ‘मुन्द्रे’ ले बताएका हुन् । कोरोनाका कारण स्वास्थ्य स्थितिमा समस्या आएसँगै उनलाई दाङको एक अस्पताल भर्ना गरिएको थियो ।
‘जिरे खुर्सानी’ मा एकसाथ काम गरेका उनलाई जितुले सम्झिँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सन्दिप सानो भूमिकामा समेत रमाउने बताउँदै स्वास्थ्य अवस्थाको बारे बुझ्दै गर्दा निधनको खबरले दुखी तुल्याएको बताएका छन् ।
उनले ‘नरङ्गिएको सिउँदो’ चलचित्र निर्देशन समेत गरेका थिए ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








