प्रियङ्काको ज्याकेटमा ‘काली माँ’
२०७८ वैशाख २९ गते

एजेन्सी । सामाजिक सञ्जालमा प्रियङ्का चोपडाको एक तस्बिर भाइरल भएको छ । उनी श्रीमान निकको हात समातेर हिँड्दै देखिन्छिन् । तर ध्यान भने उनले लगाएको पहिरनले खिचेको छ ।
उनको ज्याकेटमा ‘काली माँ’ को आकृति बनाइएको छ । उनको पश्चिमा पहिरनमा यसले पूर्वीय लूक दिएको छ । पहिरनमा गरिएको यो एक्सपेरिमेन्ट आकर्षक भए पनि दर्शक ट्रोल बनाउन व्यस्त छन् ।
यो तस्बिर उनका श्रीमान निकको एक म्युजिक भिडियोको समय खिचिएको हो ।‘सकर’ भिडियोको यो एक लूक सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








