‘दिल बेचारा’को क्लाइमेक्समा सुशान्तले आवाज दिन पाएनन्

एजेन्सी । सुशान्त सिंह राजपूतको निधनको ४ महिनापछि उनी अभिनित चलचित्र ‘दिल बेचारा’ प्रदर्शन भएको थियो । यो चलचित्रको क्लाइमेक्स सिनमा उनले डबिङ गर्न पाएनन् । त्यसैले डबिङ आर्टिस्ट आरजे आदित्यले उनको आवाज निकालेका थिए । एक अन्तर्वार्तामा उनले यो विषय खुलाएका हुन् ।

सुशान्तको निधन पश्चात् डब गर्न कलाकारको खोजी गरिएको थियो । कसैले पनि सोचेको थिएन अचानक सुशान्तले यस्तो निर्णय लिन्छन् भनेर । यसैले केही समय त टिम शोकमै रह्यो । धेरै कलाकार खोजेर अन्ततः आदित्यको आवाज मिलेकाले उनलाई डब गर्न लगाइएको थियो ।

उनलाई टिमले एम एस ध्वनि चलचित्रको क्लिप पठाएर डेमो पठाउन भनिएको थियो । उनको क्लिप पाउन साथ टिमले पुनः आदित्यसँग सम्पर्क गर्‍यो ।

आदित्यलाई सुशान्तको आवाज निकाल्न केही समय लाग्यो । दुई दिनको अभ्यास पश्चात् उनले डब गरे । र दर्शकले मन पनि पराए ।

प्रतिक्रिया