पति वियोगमा श्वेता

काठमाडौँ । रिदम नायिका श्वेता भट्टराईका श्रीमानको निधन भएको छ । श्वेताका श्रीमान् मिलन सापकोटाको काेभिड-१९ सङ्क्रमणका कारण निधन भएको हो ।

उपचारको क्रममा चाबहिलस्थित एक अस्पतालमा उनको निधन भएको हो । अक्सिजन लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएकोमा मङ्गलवार दिउसो निधन भएको हो ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरूका एक छोरी छन् ।

प्रतिक्रिया