पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सर्वदलीय सरकार, एक वर्षभित्रै चुनाव !

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकारको प्रस्ताव अगाडि सारेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी सरकार बनाउन प्रस्ताव अगाडि सारेका हुन् ।
यस्तो सरकारको कोभिड-१९ नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगका मुद्दा, संविधान संशोधन लगायत साझा एजेण्डा रहनु पर्ने उनको भनाइ छ । यही सरकारले १ वर्षभित्र निर्वाचन गर्नेगरी सहमति गर्न पनि उनले भनेका छन् ।
देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021








