तीन हप्ता नेपालका लागि कठिन‚ कडा सेल्फ लकडाउनमा बसौं : डा पाण्डे

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालका लागि कठिन समय भएको भन्दै घरमै बस्न आग्रह गरेका छन् ।

फेसबुकमा पोस्ट गर्दै डा पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव भएकाले दुःख सहेरै भएपनि ३ हप्ता घरभित्रै बस्न आग्रह गरेका हुन् ।

‘आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं ।’ उनले लेखेका छन् ।

सकेसम्म बाहिरै ननिस्कने र यदि निस्कनैपरे डबल मास्क लगाएर दूरी कायम गरेर सुरक्षित रुपमा निस्कनुपर्ने बताउँदै‚ ‘पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी/स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ‚’ उनले लेखेका छन्‚ ‘यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।’

सरकारले गरेको लकडाउन हाम्रै लागि भएकाले कडा सेल्फ लकडाउनमा बस्न आग्रह गर्दै डा पाण्डेले भनेका छन्‚ ‘यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।’

https://www.facebook.com/rabindra.sameer/posts/328248182004512

प्रतिक्रिया