सेयर बजार हरीयाली हुँदा पौने ६ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार २७.४७ अंकले बढेको छ । सोमबार सेयर बजार २७ अकंले बढेको थियो ।

मंगलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.०४ प्रतिशतले बढेर ४७८.२४ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ३.१२ अकंले बढेर २६७३.३२ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये अन्य, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त म्युचुअल फण्ड, इन्भेष्टमेन्ट व्यापार, वित्त समूह, विकास बैंक, बैंकिङ, निर्जीवन बीमा, जीवन बीमा, भने होटेल्स तथा पर्यटन समूहको सबै परिसूचक बढेका छन् ।

यस दिन २ सय २० कम्पनीका १ करोड ८१ लाख ९ हजार कित्ता सेयर ५अर्ब ८१ करोड ६७ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

बोटलर्स नेपाल तराई लिमिटेड बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रुरु जलबिद्युत परियोजना  रहेको छ ।

बोटलर्स नेपाल तराई लिमिटेडको १० प्रतिशतले र रुरु जलबिद्युत परियोजनाको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया