कमेडी च्याम्पियन स्थगित

काठमाडौं । कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चित कालका लागि बन्द भएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितिले नयाँ भाग छायाङ्कन असम्भव भएपछि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बिच हामी तपाईँहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौँ‚’ आयोजकले आफ्नो आधिकारिक पेजमा लेखेको छ‚ ‘अहिलेलाई हाम्रो छायाङ्कन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने नै छौँ ।’

आयोजकले सबैलाई सुरक्षित बस्न साथै आफू र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया