अभिनेता टी नरसिंहकाे निधन

एजेन्सी । अभिनेता तथा प्रस्तोता टी नरसिंम्हा राओको कोरोनाका कारण निधन भएको छ । उनी राओ टीएनआरको नामबाट परिचित थिए ।

उनको हैदरावादको कलमजगिरीको एक अस्पतालमा निधन भएको हो । उनलाई केही समय पहिले कोरोना भएको थियो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो । टीएनआर छिट्टै अनिल रिवीपुडीको चलचित्रमा पनि देखिने तरखरमा थिए ।

प्रतिक्रिया