सर्वोत्तम सिमेन्टद्वारा मेडिकल उपकरण हस्तान्तरण

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सुनवल नगरपालिका स्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

कम्पनीले १० सेट बेड, इसीजी मेशिन तथा १० थान अक्सीजन फ्लोमिटर लगायत आईसीयू कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरण प्रदान गरेको हो । कम्पनीका तर्पmबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरण हस्तानतरण गरेका हुन् । अहिलेको महामारीमा उक्त उपकरणले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास कम्पनीले लिएछ ।

सामाजिक उत्तरदायित्व बहन (सीएसआर)तर्पmको प्रतिबद्धता पूरा गर्दै कम्पनीले नगरपालिकालाई सहयोग गरेको जनाएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारडाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्ट बिक्रीवितरण गरिरहेको कम्पनीले जनएको छ ।

सर्वाेत्तम सिमेन्टले अब आप्mनो उद्योेगको उत्पादन क्षमता प्रतिदिन २५ हजार बोराबाट बढाएर ६० हजार बोरा बनाएको जनाएको छ ।

प्रतिक्रिया