सुनचाँदीकाे मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया