पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा [पत्रसहित]

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते अर्थात् भोलि मतदान हुँदै थियो । तर, उनले मतदानको पूर्वसन्ध्यामा राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया