नेप्से १८ अंकले ओरालो, कारोबार रकम भने ६ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपालको सेयर बजार (नेप्से) परिसूचक १८.५६ अंकले घटेको छ । अन्तिम कारोबारपछि परिसूचक २६१८.५६ अंकमा ओर्लिएको छ ।

यस दिन कुल २१९ कम्पनीका १ करोड २७ लाख २८ हजार १ सय २५ कित्ता सेयर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजारमा खरिदबिक्री भएको छ ।

यस दिन सबै कम्पनीका १३ ओटै समूहगत परिसूचकहरु घटेका छन् । सबैभन्दा जीवन बीमा कम्पनीहरुको समूहगत सूचक १४७ अंकले घटेको छ ।

यस दिन सबैभन्दा बढी समता घरेलु लघुवित्त, रुरु जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनीलगायतका कम्पनीका सेयरधनीले बमाएका छन् । समता र रुरुको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको भए पनि अन्य कम्पनीको मूल्य वृद्धि भने ५ प्रतिशतभन्दाकममै सीमित भएको छ ।

प्रतिक्रिया