‘सिफारिसपछि मात्रै अक्सिजन पाउने निर्णयले बिरामीलाई नै जोखिम’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसबिना कुनै पनि अस्पताललाई अक्सिजन नदिन सप्लायर्सलाई परिपत्र गरेसँगै सप्लायर्सले सिफारिस माग्दै अक्सिजन रोक्न थालेको अफिनले  जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबारमात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनू भन्दै अक्सिजन रोक्न थालेको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)ले जनाएको हो ।

यसले उपचाररत बरामीहरूलाई थप जोखिममा पर्नुका साथै नयाँ बिरामीलाई भर्ना गर्न नसक्ने अवस्था आउनसक्ने अफिनका महासचिव हेमराज दाहाल बताउँछन् ।

धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा बिक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एईओसीको पत्रमा उल्लेख छ ।

मन्त्रालयले कान्तिपुर अक्सिजन प्रालि‚ सगरमाथा अक्सिजन प्रालि‚ अक्सिटेक अक्सिजन प्रालि‚ नवज्योति अक्सिजन ग्याँस प्रालि‚ हाम्रो अक्सिजन प्रालि‚ सोपान फर्मास्युटीकल प्रालि‚ हिमाल अक्सिजन प्रालि‚ सिता अक्सिजन प्रालि‚ शंकर अक्सिजन प्रालिलगायतका कम्पनीलाई मन्त्रालयले परिपत्र जारी गरेको हो ।

No description available.

अफिनले निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुका साथै महासचिव दाहालले कोभिड संक्रमितको व्यवस्थापन, संक्रमण नियन्त्रण र नागरिकको सहज र स्तरीय उपचारका लागि विज्ञसहितको सर्वपक्षीय टिम बनाउन सुझाव समेत दिए ।

प्रतिक्रिया