अजोड इन्स्योरेन्सको नाफा झण्डै ७४ प्रतिशतले वृद्धि

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास(चैत)सम्म ६ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु वर्षको तेस्रो त्रैमासमा कम्पनीले ७३.८६ प्रतिशतले बढी नाफा कमाएको हो ।

कम्पनीको बीमा कोषको आकार र बिमा शुल्क आर्जन दुबै बढेको छ । यस अवधिमा कम्पनीको बीमा कोषको आधार ९३.०५ प्रतिशतले बढेको छ । बीमा कोषको रकम ९ करोड २९ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्ष यही अवधिमा बीमा कोषको आकार ४ करोड ८१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ४९ लाख ७७ हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा रिजर्भ फण्ड १२६.२४ प्रतिशतले बढेर ७ करोड ५५ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा रिजर्भ फण्ड ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा छ । प्रतिसेयर नेटवर्थ ११७.६८ रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कूल दावी भुक्तानी १०१.५४ प्रतिशतले बढेर ५० करोड २९ लाख ९५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १६ करोड ६८ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बिमा दाबी भुक्तानी हुन बाँकी रहेको रकम ७७८.६६ प्रतिशतले बढेर ४३ करोड ९३ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ करोड रुपैयाँ रहेको कम्पनीले विवरणमा उल्लेख गरेको छ ।

प्रतिक्रिया