विदेशी नागरिकलाई भिसामा विलम्ब शुल्क र जरिवाना नलाग्ने

काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकलाई भिसामा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको छ ।

१५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएका कारण नेपालबाट आफ्नो गन्तव्य मुलुकमा जान नपाएका विदेशीहरुलाई भिसाको बिलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडान सुचारु भएको ७ दिनभित्र नेपालबाट विदेश जान चाहने विदेशी नागरिकले पनि भिसामा बिलम्ब शुल्क र जरिवाना छुट पाउने छन् ।

त्यस्तै, नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएपछि पनि नेपालमै बस्न चाहने विदेशीको हकमा निषेधाज्ञा समाप्त भएको मितिले ७ दिनभित्र भिसा नियमित गर्न शुल्क र जरिवाना छुट हुने व्यवस्था गरेको छ ।

नेपालमा रहेका वैध पर्यटक भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई पर्यटक भिसाको अवधि अर्थात् १ सय ५० दिनभित्र गणना नगर्ने जनाएको छ ।

 

प्रतिक्रिया