अभिनेत्री वर्षा राउतलाई कोरोना

काठमाडौँ । अभिनेत्री वर्षा राउतलाई कोभिड-१९ संक्रमण देखिएको छ । संक्रमणको आशंकापछि पीसीआर गराएकी वर्षामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै संक्रमणपछि गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य नै छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै उनी हामआइसोलेसनमा छन् । यो बेला सबैलाई सचेत रहन उनको आग्रह छ ।

प्रतिक्रिया