कोभिड केयर सेन्टर खोल्दै अजय र आनन्द

एजेन्सी । भारतीय अभिनेता अजय देवगण र आनन्द पण्डित मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोल्ने भएका छन् । उक्त केयर सेन्टरमा बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गरिने छ । केयर सेन्टरमा आइसियु, अक्सिजनदेखि भेन्टिलेटर सम्मको सुविधा राखिने छ ।

उनीहरूले बोरावली सेन्टरमा २५ बेडको निर्माण गर्ने तयारीमा रहेका छन् भने मुम्बईका अलग–अलग हिस्सामा ७५ वटा शय्याको व्यवस्था गर्ने योजना रहेको पण्डितले बताए । उनले भने ,‘हामीले धेरै अस्पतालहरूका डाक्टर र विज्ञहरूसँग सहायता लिइरहेका छौँ । बिरामीको उपचारको सम्पूर्ण खर्च हामी नै व्यहोर्ने सर्तमा कोभिड केयर सेन्टर निर्माण गर्न लागेका छौं ।’

प्रतिक्रिया