कङ्गनालाई कोरोना सङ्क्रमण

एजेन्सी । भारतीय अभिनेत्री कङ्गना रनावतलाई कोरोना सङ्क्रमण भएको छ । उनले शनिवार सामाजिक सञ्जालमार्फत सङ्क्रमणको खबर सार्वजनिक गरेकी हुन् । उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकोमा आज उनमा सङ्क्रमण पुष्टि भएको जानकारी गराएकी छन् । चिकित्सकको सल्लाह अनुसार उनी होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।

उनले लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएकी थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।”

प्रतिक्रिया