कोभिड कहरमा श्वेता जोडीको सहयोग

काठमाडौँ । कोभिड-१९ को संक्रमण बढ्दै गएका बेला अक्सिजनभन्दा सिलिन्डरको बढी अभाव देखिएको छ । यो समयमा नेपाली कलाकारले सहयोगी हात अगाडि आउन थालेका छन् ।

अभिनेता पल शाहले केही दिनदेखि अक्सिजनका सिलिन्डर सङ्कलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् । उनले अक्सिजन खरिदका लागि ‘हाम्रो टिम नेपाल’लाई २ लाख सहयोग पनि गरेका छन् ।

निखिल उप्रेती, केदार घिमिरेसहितको समूहले पनि अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

त्यस्तै, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान् विजयन्द्र सिंह रावतले ‘हाम्रो टिम नेपाल’लाई आर्थिक सहयोग गरेका छन् । निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले ५० हजार सहयोग गरेको हो ।

उनीहरूले मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया