कङ्गनाविरुद्ध ऋजुको उजुरी

एजेन्सी । कङ्गना रनावतविरुद्ध पश्चिम बङ्गालमा उजुरी परेको छ । कांग्रेस पार्टीका बनेता ऋजु दत्ताले उनीविरुद्ध घृणा फैलाउने आरोपमा उजुरी दिएका हुन् ।

उनले हस्तलिखित उजुरी सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘साम्प्रदायिक हिंसा भड्काउनकै लागि घृणा फैलाउनुका साथै मुखमन्त्री ममता बनर्जीको छवी धमिल्याउने काम गरेकाले मैले कङ्गनाविरुद्ध उजुरी दिएको हुँ ।’

उनले कङ्गनाले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयलाई लिएर उजुरी दिएको बताएका छन् । केही दिनअघि मात्रै उनको भद्दा पोस्टका कारण ट्विटर अकाउन्ट सस्पेन्ड भएको थियो । पछिल्लो समय कङ्गना र विवाद एक अर्काका परिपूरक झैँ बनेका छन् ।

प्रतिक्रिया