सबैको लघुवित्तको सीईओमा पुनः पौडेल

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा केशवकुमार पौडेल पुनः नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैडकले उनलाई सीईओमा नियुक्त गरेको हो । जेठ १ गतेबाट लागु हुने गरी उनलाई दोस्रो कार्यकालका लागि समितिले सीईओ नियुक्त गरेको हो ।

निर्धन लघुवित्त वित्तीय संस्थाबाट पौडेलले २०४९ सालमा वित्तीय क्षेत्रमा करिअर सुरु गरेका थिए । विभिन्न लघुवित्त संस्थाका विभिन्न पदमा रहेर काम गरेको उनको अनुभव छ ।

२०७४ असार ३० गतेबाट सञ्चालनमा आएको संस्थाले ०७८ चेैत्र मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लाहमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयसहितको सेवा सञ्जाल विस्तार गरेको छ ।

करिब ५० हजार घरधुरीमा सेवाविस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्व १४ करोड ६४ लाख रहेको छ भने बचत ८१ करोड ८९ लाख रहेको छ।

प्रतिक्रिया