चार जनाको समूहमा छायांकन गर्दै छन् आमिर

एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’ को छायांकन अन्तिम चरणमा पुगेको छ । उनको टिम लद्दाकमा छायांकन गरिरहेको छ ।

अन्तिम सेड्युलमा ४ जनाको टिमले काम गरिरहेको छ । यही ४ जना कै उपस्थितिमा छायांकन सकिने छ । कोरोनाको बढ्दो सङ्क्रमण बिच आमिर सुरक्षित तरिकाले काम गर्न चाहन्छन् ।

जसका लागि सबै स्वास्थ्य मापदण्ड पछ्याइएको छ भने समूह पनि सानो बनाइएको छ । यो चलचित्रको पहिलो सेड्युल मुम्बईमा गर्ने योजना थियो । तर रियल लोकेसनको खोजीमा उनले छायांकन स्थल परिवर्तन गरे ।

त्यस्तै अद्वेत चन्दनले निर्देशन गरिरहेको चलचित्रमा अन्त्य तिर आउँदा नागा चैतन्य समेत जोडिएका छन् ।  उनले विजय सेतु पतिलाई विस्थापित गर्दै आफ्नो उपस्थिति बलियो बनाएका हुन् ।

प्रतिक्रिया