‘द कपिल शर्मा शो’को प्रसारण अनिश्चित !

एजेन्सी । जनवरीको अन्तिम हप्ताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ मे बाट पुन: प्रसारण गर्ने योजना थियो । तर अहिले नै प्रसारण नहुने भएको छ ।

प्रोडक्सन हाउस निकट स्रोतले बताएअनुसार ‘जुन’सम्म कार्यक्रम प्रसारण नहुने बताएको छ । उक्त मितिबाटसमेत प्रसारण हुने नहुने पक्का छैन । जनवरीमा कार्यक्रम बन्द हुनुको कारण बलिउडका व्यक्तिहरूको अनुपस्थिति बताइएको थियो ।

चलचित्र प्रदर्शन हुन छोडेपछि कलाकार फिल्म प्रमोसनका लागि आउन बन्द भयो । केही हप्ता त टेलिभिजनका कलाकारबाट कार्यक्रम सुचारु गरे । तर, टिआरपी कम हुँदै गएपछि केही समय प्रसारण नगर्ने निर्णय निर्माण टिमले गरेको थियो ।

कोभिडका कारण भारतसँगै विश्व भरकै अवस्था नाजुक छ । यस्तो समय कलाकार सेटसम्म आउन सम्भव हुँदैन । मेसम्ममा कोरोना प्रकोप कम हुन्छ र कार्यक्रम सुचारु गर्ने टिमको योजना थियो । तर सङ्क्रमण अझ बढिरहेको अवस्थामा कार्यक्रम सुचारु हुन सकेन । अब मुम्बईमा कोरोना सङ्क्रमण कम नभएसम्म कार्यक्रम नचलाउने ‘मेकर्स’को तयारी छ ।

यहीबिच गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ चलिरहेको छ । अगिल्लो वर्षको नोभेम्बरमा सुरु भएको शो अप्रिलमा सकिनु पर्ने थियो । तर च्यानलले यो शोको समय लम्ब्याएको छ । यसको कारण ड कपिल शर्मा शो सुरु नहुँदासम्म यही शोलाई निरन्तरता दिनु हो ।

प्रतिक्रिया