शुक्रबार कति छ सुनचाँदीको मूल्य ?
२०७८ वैशाख २४ गते

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्यमा बिहिबारको तुलनामा चाँदी ३५ रुपैयाले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
२०७८ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








