कोभिड संक्रमितलाई लोकदोहोरी प्रतिष्ठानको भवन
२०७८ वैशाख २४ गते

फाइल तस्बिर
काठमाडौँ । कोरोना कहरमा लोकदोहोरी कलाकारहरूले ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को भवनलाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्न सक्ने भएका छन् ।
कोरोना सङ्क्रमण पश्चात घरमा परिवारको साथ बस्न समस्या हुने लोकदोहोरी कलाकारहरूले प्रतिष्ठानको भवनमा बस्न सक्ने प्रतिष्ठानकी उपाध्यक्ष रीता थापा मगरले बताइन् । २५ जनासम्म बस्न मिल्ने भवनमा बेड र खानाको व्यवस्थासमेत प्रतिष्ठानले नै मिलाउने छ ।
गत वर्ष समेत प्रतिष्ठानको भवनमा केही सङ्क्रमित कलाकारहरू बसेका थिए । प्रतिष्ठानले रिता थापा मगरको अध्यक्षतामा कोभिड-१९ आकस्मिक सहयोग समिति समेत गठन गरेको छ । उपाध्यक्ष थापा मगरले समस्यामा परेका कलाकारहरूलाई प्रतिष्ठानको सम्पर्कमा आउन आग्रह गरेकी छन् ।
२०७८ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








