विवादित कंगना : यति धेरै विवाद

एजेन्सी । वेस्ट बंगालको चुनावमा भएको हिंसाका विषयमा विवादित अभिव्यक्ति दिएपछि कंगना रनावतको ट्वीटर अकाउन्ट सस्पेन्ड भएको छ । विवादास्पद ट्वीट गरेकै कारण उनको अकाउन्ट सस्पेन्ड भएको हो । यसअघि पनि उनले धेरै सेलिब्रेटीको विषयमा विवादित अभिव्यक्ति दिँदै आएकी थिइन् ।

दिलजीत दोसांझ
किसान आन्दोलनको समयमा कंगना र दिलजितबीच विवाद चुलियो । दिलजित किसान आन्दोलनको समर्थनमा थिए भने कंगना त्यसको विरुद्धमा । यही विषयमा यी दुईबीच विवाद बढ्दै गएको थियो ।

दुवै जनाले एकले अर्काको ट्वीटमा ‘कोट’ गर्दै विभिन्न आक्षेप लगाएका थिए । विवाद बढ्दै जाँदा कङ्गनाले दिलजितलाई करण जोहारको ‘पाल्तु कुकुर’ भएकोसम्म आरोप लगाउन भ्याइन् । दिलजितले यसको जवाफ पन्जाबीमा दिँदै ट्रान्सलेट गरेर बुझ्न चुनौती दिए ।

​​​​​​​तापसी पन्नु
कंगनाले अर्णव गोस्वामीसँगको अन्तर्वार्तामा तापसी पन्नु र स्वाँरा भास्करलाई बी ग्रेडका एक्ट्रेस बताएकी थिइन् । उनले आफू बलिउडमा रहनु नै घाटा भएको बताएकी थिइन् । किनभने स्वाँरा र तापसीजस्ता २० जनाभन्दा बढी नायिका छन्‚ जो कंगनाले  व्यर्थमा नेपोटिजमको विरोध गर्छिन् भन्दै करण निकट हुने गर्छन् ।

Image

यी दुवैजना राम्रो कलाकार हुँदाहुँदै पनि नेपोटिज्मका कारण आलिया र अनन्या झैँ बन्न नसकेको कङ्गनाको विचार छ । विवाद बढ्यो र सामाजिक सञ्जालमा वार नै चल्यो । एक अर्कालाई उनीहरूले प्रहार गरिरहे । जसको मजा दर्शकले समेत लिए ।

उर्मिला मातोंडकर
एक समय कंगनाले आफूलाई चर्चित अभिनेत्री उर्मिला मतोडकरले पोर्न स्टार भनेको भन्दै आरोपसम्म लगाएकी  थिइन् । शिव सेनामा प्रवेश गरेलगत्तै मातोन्डकरले ३ करोडको घर किनेको भन्दै कंगनाले आरोप लगाएकी लगाइन् ।

Kangana Ranaut Latest Tweet on Urmila: “Where was your feminism when Urmila called me a prostitute and a Rudaali?” asks Kangana Ranaut in her latest tweet

यसै विषयलाई लिएर उर्मिलाले आफ्ना सम्पूर्ण कागजपत्र सार्वजनिक गर्न तयार रहेको भन्दै कंगनाको आरोप गलत भएको बताएकी थिइन् ।

सोना मोहापात्रा
सुशान्त सिंह राजपूतको निधन पश्चात् उनको मृत्यु र बलिउड माफियाको विषयमा कङ्गनाले आवाज उठाइरहिन् । उनले निरन्तर रियाको विषयमा ट्वीट गरिरहिन् । यस विषयमा गायिका सोना मोहापात्राले कङ्गनाले सुशान्तको मृत्युको फाइदा उठाएको बताएकी थिइन् । अन्ततः कङ्गनाले सोनालाई सामाजिक सञ्जालमा ब्लक गरेकी थिइन् ।

Sona Mohapatra - Kangana fight | Sona Mohapatra calls out Kangana after latter blocks her on Twitter: 'She hasn't ever stood up for anyone'

स्वरा भास्कर
‘तनु वेड्स मनु’मा कङ्गनाका साथ देखिएकी स्वाँरा भास्कर कङ्गनाको तिखो वचनबाट बच्न सकिनन् । कङ्गनाले एक अन्तर्वार्तामा स्वाँरालाई बी ग्रेड एक्ट्रेस बताएकी थिइन् । उनले बिजुलीको बिल तिर्नसमेत समस्या भएकाले उनको यस क्षेत्रमा दुस्मन नबनाएको बताएकी थिइन् । कंगना स्वाँरा विवाद लामै समय चल्यो ।

प्रतिक्रिया