निफको पहिलो दिन: आज अनुरागको अनुभव

काठमाडौँ । चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ को चौथो संस्करण आजबाट सुरु हुनेछ ।

महोत्सव वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । ‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ महोत्सव हुने भएको हो । महोत्सव अन्तर्गत चलचित्रहरू नेट टिभीबाट प्रसारण हुनेछन् । उद्घाटन, अन्तरक्रिया, बहस , छलफल, अनुभव आदान प्रदान तथा समापन कार्यक्रम निफको फेसबुक पेजबाट लाइभ गरिनेछ ।

उद्घाटनपछिको पहिलो सेसनमा आज दिउँसो साढे ३ बजेदेखि करिब डेढ घण्टा भारतीय चलचित्रकर्मी अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्शकहरूको लागि आफ्नो अनुभव बाँड्दै छन् ।

आयोजक संस्थाका निर्देशक केपी पाठकले दिउँसो १ बजे निफको उद्घाटन हुने तथा साढे ३ बजेबाट अनुराग कश्यपको अनुभव भर्चुअल माध्यमबाट आउने भएकोले लाइभमा उपस्थितिको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया